वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वादशी - २७
राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला काठमाडौं उपत्यकाको दक्षिण पूर्वी भू-भाग फुल्चोकी पहाडको काख गोदावरीमा अवस्थित छ । गोदावरी आउने प्रवेशद्वार सातदोबाटोबाट यो कार्यालय करिव १० किलोमिटरको दुरीमा रहेको छ । वोटानिकल सर्भे तथा हर्वेरियमको नामबाट वनस्पति विभाग अन्तर्गत सन् १९६१ मा स्थापना भई संगठनात्मक स्वरुप बदलिदा सन् १९८९ मा राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला नामाकरण हुन गएको हो । यो प्रयोगशाला वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गतको केन्द्रीय कार्यालय हो । यो संस्था अन्तर्राष्ट्रिय स्तरमा KATH हर्वेरियमको नामले चिनिन्छ। वानस्पतिक स्रोतको सर्वेक्षण, हर्वेरियम नमुना संकलन तथा पहिचान गरी नेपालमा रहेका सम्पूर्ण वनस्पति प्रजातिहरुको अभिलेखिकरण तथा तथ्याड्ढ अध्यावधिक गर्ने प्रमुख उद्देश्यका साथ यसको स्थापना भएको हो । फूल फुल्ने तथा फूल नफुल्ने समेत गरी करिव १,70,००० हर्वेरियमका नमुनाहरु यहाँ संरक्षण गरी राखिएका छन् । यस कार्यालयबाट प्राप्त सूचनाको आधारमा वानस्पतिक स्रोतको समुचित उपयोग, व्यवस्थापन तथा संरक्षण गर्न मद्दत पुग्दछ । यस संस्थाको उद्देश्य प्राप्तिका लागि विभिन्न ८ वटा प्राविधिक र १ प्रशासनिक शाखा रहेको छ ।